सहकारीलाई सहकारी ब्यबस्थापन तालिम

सल्यान ८, मंसिर ।
सल्यानको कुपिण्डेमा एकदिने सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ । परिवर्तन कृषि सहकारी संस्थाको आयोजनामा वनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीमा तालिम सम्पन्न भएको हो । परिवर्तन कृषि सहकारी संस्थाका पदाधिकारी तथा विभिन्न उप समितिहरु सहभागी भएको तालिममा सहकारी ब्यवस्थापन सम्वन्धी प्रशिक्षण दिइएको थियो । तालिममा सहकारी संस्थाको उद्देश्य, दिर्घकालिन सोच, ध्यये, लेखाप्रणाली, काम कर्तव्य र नेतृत्व विकास र जीवन विमा सम्वन्धी प्रशिक्षण गरिएको थियो ।

सहकारी संस्थामा पछिल्लो पिढीहरु पनि सहकारीमा वारेमा वुझेर कार्यसम्पदान गरुन भन्ने उद्देश्इले तालिमको आयोजना गरिएको सहकारी संस्थाका अध्यक्ष राम वहादुर वस्नेतले जानकारी दिनुभयो । सहकारी संस्था कसैको तजविज भन्दा पनि सहकारीका नीति, कानुन सम्मत तरिकाले सञ्चालन होस भनेर सञ्चालक समिति तथा उप समितिहरुलाई तालिम दिएको अध्यक्ष वस्नेतले जानकारी दिनुभयो ।


तालिममा सहकारी संस्थाले हाल सम्म समुदायप्रतिको जिम्मेवारी पुरा गर्न सकेकोमा सञ्चालक समितिको प्रसंसा गर्दै सहकारीका सचिव चक्र वहादुर डाँगीले जानकारी दिनुभयो । सहकारी संस्थाले निकट भविष्यमै जयतपानीमा सहकारी सुपथ पसल सञ्चालन गर्न लागेको तथा आफना सदस्यहरुका सवै उत्पादनहरुलाई सहकारी संस्थाले खरिद गरी वजारीकरण गर्न लागेको जानकारी दिनुभयो ।

सहकारी संस्थाले आफना सदस्यहरु प्रकोपमा परेको अवस्थामा समेत सहयोग गर्ने गरी नीति तयार गरी लागु गर्न लागेको जानकारी दिनुभयो । तालिमको सहजीकरण सहकारी संस्थाका सचिव चक्र वहादुर डाँगीले गर्नु भएको थियो भने । जिवन विमा सम्वन्धी अभिमुखीकरण युनियन लाइफ इन्स्योरेन्स कम्पनी श्रीनगर शाखाका शाखा प्रवन्धक रमेश कुमार वलीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस