सल्यानको दार्मामा राष्ट्रिय युवा संघ नेपालको भेला तथा प्रशिक्षण सम्पन्न

सल्यान ९, मंसिर ।
राष्ट्रिय युवा संघ सल्यानको आयोजनामा दार्मा गाउँपालिकाको फारुलामा पालिकास्तरीय युवा भेला प्रशिक्षण र युवा सम्मान कार्यक्रम सम्पन्न भएको छ । अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय अध्यक्ष तथा नेकपा निकट यूवा विद्यार्थी विशेष कमिटि अध्यक्ष रमेश मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । भेलालाई सम्वोधन गर्दे मल्लले संविधानले नै समाजवाद परिकल्पना गरेकोले यूवाहरुले समाजवादी ब्यवस्थाको आधार तयार गर्न हरेक क्षेत्रमा रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने वताउनुभयो । उहाँले भन्नुभयो ‘राष्ट्र निर्माणको जिम्मेवारी यूवाको काँधमा आएको छ । हाम्रो मेहनत र पौरख यही प्रयोग गर्ने समय भएको छ ।’


बेरोजगारी, अशिक्षा तथा अन्य थुप्रै कारणले युवाहरुमा बढिरहेको निरासा, पलायन र गलत बाटोमा लाग्ने अवस्थाबाट युवाहरुलाई रोक्न युवा संघले विशेष भूमिका खेल्नुपर्ने मल्लले बताउनुभयो ।युवा संघले अबका युवाहरुलाई आत्मनिर्भर, स्वाभिमानी र समाजका लागि योगदान गर्न तयार हुने देशभक्त युवाहरु तयार गर्न प्रशिक्षित गर्नुपर्ने भन्दै मल्लले त्यसका लागि योजनाबद्ध कार्यक्रम र जागरण अभियानहरु गाउँ–गाउँमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

दार्मा गाउँपालिका अध्यक्ष तथा नेकपा कर्णाली प्रदेश कमिटि सदस्य निमवहादुर केसीले स्थानीय, प्रदेश र संघ सरकारले अघि सारेका विभिन्न रोजगार, स्वरोजगारमूलक कार्यमा सहभागि हुन यूवालाई आब्हान गर्नुभयो । उहाले यूवाहरुले स्वदेशमा भएका संभावनालाई रोजगारीमा वदल्नु पर्ने वताउनुभयो । जिल्ला अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रुपक वुढाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस