‘समृद्धिका लागि जनप्रतिनिधी र कर्मचारीको विचमा समन्वय आवश्यक’

सल्यान ९, मंसिर ।
समृद्धिका लागि जनप्रतिनिधी र कर्मचारीको विचमा समन्वय आवश्यक रहेको आईतबार कपुरकोटमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । कपुरकोट गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका हिरालाल भण्डारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले लक्ष्यमा पुग्न र विकास निर्माण देखि हरेक प्रकारका सेवा नागरिकलाई सर्वसुलभ तरिकाले प्रदान गर्न समन्वय आवश्यक पर्ने बताउनुभयो ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सबै पक्षले आआफ्नो जिम्मेवारि पुरा गरेमा गाउँपालिकालाई समृद्ध बनाउन सकिने बताउनुभयो । कपुरकोट लगाएत देशभरका स्थानीय तहहरु कर्मचारि अभाव, भौतीक संरचनाको अभावमा रहेकाले आफुले काया पलट नै गर्न भने नसक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा हाल सम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका अरुण दाहाल, वडा नम्बर १ का वडाध्यक्ष बालाराम खड्का, २ का वडाध्यक्ष मान बहादुर राना, ३ का वडाध्यक्ष मिन बहादुर सेन, ४ का वडाध्यक्ष हरिलाल पुन लगाएतले स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृतको अभावमा विकास निर्माण देखि प्रशासनीक काममा बाधा पुगेको बताएका थिए । प्रमुख प्रशासकीय अधिकृत भण्डारी दाङको राजपुर गाउँपालिकाबाट सरुवा भएर कपुरकोट आएका हुन् ।

प्रतिक्रिया दिनुहोस