जोखिमपूर्ण सडकका कारण सल्लीमा अटो व्यवसाय धरासायी बन्दै

दुर्गा बिसी,
सल्यान १०, मंसिर ।
सल्यानको पश्चिमी क्षेत्रमा अटो ब्यबसायी धरासायी बन्दै गएको छ । जोखिमपूर्ण र कच्ची सडकका कारण अहिले यस क्षेत्रमा अटो ब्यबसायी धरासायी बन्दै गएको हो । सल्लीबजारमा बिगत २ बर्ष अघि करिब १ सय बढी अटो सञ्चालनमा आएका थिए । स्थानीयलाई आवत जावतमा सजिलो भएपनि कच्ची सडकका कारण अटो बिग्रने समस्या भएपछि अहिले सल्लीबारमा अटोको संख्या ह्वात्तै घटेको छ ।


कच्ची सडकले गर्दा एक वर्ष राम्रोसँग चल्न नपाइ अटो ग्यारेजमा थन्किएको ब्यबसायीको भनाई छ । करिब ६ लाख रुपैँया खर्चेर सञ्चालन गरेको व्यवसायी सडककै कारण मर्मत सम्भारमा कमाएको रकम खर्च हुने अटो व्यवसायी डिलवर साहुको भनाई छ । कच्चि सडकका कारण वर्ष दिनमै अटो कवाडी हुने गरेको उहाँले बताउनुभयो ।

लाखौं रुपैँया खर्च गरेर सञ्चालन गरेको व्यवसाय वर्ष दिन सम्म चल्न नपाउँदा दुख लागेको अर्को अटो सञ्चालक राम लाल नेपालीले बताउनुभयो । सडक भरपर्दो नहुदाँ अटो सञ्चालक मारमा परेको उहाँको भनाइ छ । शुरुमा धेरै अटो सञ्चालन आएपनि अहिले सल्लीबजारमा सञ्चालित अटोहरुको संख्या कम भएको ब्यबसायीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस