दुर्गा बिसी,
सल्यान १०, मंसिर ।
सल्यानको पश्चिमी क्षेत्र बनगाड खोलामा निर्माणाधिन पक्कि पुल सञ्चालनमा आएको छ । वर्षातमा आवतजावतमा निकै समस्या हुने यो खोलामा पुल वने पछि सवारीसाधन आवतजावतमा सजिलो भएको छ । छिन्चु जाजरकोट सडक खण्डको बनगाड खोलामा वर्षातमा पानीको वहाव वढे पछि आवत जावत ठप्प हुने गर्दथ्यो ।
पुल निर्माणकार्य सम्पन्न सँगै सजिलो भएको छ । बिगतमा पुल नहुदाँ जाजरकोट, सुर्खेत, सल्यान र डोल्पा जाने यात्रु सास्ती खेप्दै आएका थिए । लामा कन्टक्सन निर्माण सेवाले २०७४ आश्विन देखि काम सुरु गरेको थियोे ।
करिव ३ करोड ५० लाख लागतमा ३५ मिटर लम्बाई रहेको पुल निर्माण गरिएको हो । पुलको अझै फिनिंिसंगको काम बाँकी रहेको छ ।