मृगौला पिडित बिष्णुः आर्थिक अभावले उपचार हुन सकेन्

दुर्गा बिसी,
सल्यान ११ मंसिर ।
सल्यानको बनगाड कुपिण्डे नगरपालीका वडा ११ रैकर निवासी मृगौला पिडित ३९ वर्षिया विष्णु टमाटाको उपचार रोकिएको छ । भारतको दिल्ली स्थित अपोलो अस्पतालमा उपचारत उहाँको आर्थिक अभावका कारण उपचार रोकिएको हो । घरको आर्थिक अबस्था कमजोर भएका कारण उपचारमा समस्या भएको परिवारले जनाएको छ ।


श्रीमतीको उपचारमा दश लाख रुपैँया बढी खर्च भएको श्रीमान जयराम टमाटाले जानकारी दिनुभयो । विगत २ वर्ष बिष्णुको उपचार भैरहेको छ । नेपालगञ्ज मेडिकल कलेज, विवेकानान्द अस्पताल, भक्तपुर, काठमाण्डौ लगाएतका ठाँउमा उहाँको उपचार गरिएको थियो भने हाल भारतको दिल्ली स्थित अपोलो अस्पतालमा उपचार भैरहेको छ । टमाटाको मृगौला प्रत्यारोपनका लागि डोनर पनि तयार भैसकेकोले आर्थिक जोह गर्न सके स्वास्थ्य उपचार सम्भव रहेको अस्पतालले जनाएको छ । तर आर्थिक अभाव हुदाँ समस्या भएको जयरामले बताउनुभयो ।

यसैबीच मृगौला पिडित टमाटाको जीवनरक्षाका लागि लङ्ग ग्रिन रिभर वोर्डिङ्ग स्कूल सल्लीवजारले आर्थिक जोहको लागि अभियान सञ्चालन गर्ने जनाएको छ । स्कूलका पुर्वअभिभावक समेत रहेका उहाँको उपचारका लागी आर्थिक संकलन गर्ने बिद्यालयले जनाएको छ । वोर्डिङ्गका एमडि कमल वलीले आर्थिक रुपमा सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ ।

सहयोग गर्न चाहानेले लक्ष्मी बैँक सल्लीवजार शाखामा रहेको वोर्डिङ्गका एमडि कमल वली र बिष्णुका श्रीमान जयरामको खाता नंम्बर ०६९२००१९५५७ जम्मा गर्न सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस