भ्रमण बर्षलाई लक्षित गरेर पत्रकार महासंघ सल्यानको बैठक मालिका लेकमा बस्दै

सल्यान ११, मंसिर ।
नेपाल भ्रमण बर्ष २०२० नजिकिदैँँ गर्दा सल्यानमा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार र पर्यटन प्रर्बद्धन गर्न नेपाल पत्रकार महासंघ सल्यानले नयाँ कामको शुरुवात गरेको छ । पयर्टन प्रर्बद्धन गर्न र पर्यटकिय क्षेत्रको संरक्षणमा सरोकारवालाहरुको ध्यान केन्द्रित गर्न बिगत झै यस पटक पनि महासंघको बैठक पर्यटकिय स्थलमा बस्ने भएको हो ।


जिल्लाको दार्मा गाउपालिका ४ मालिका लेकमा महासंघको नियमित बैठक बस्न लागेको महासंघका जिल्ला अध्यक्ष प्रतिक ईच्छुक शर्माले जानकारी दिनुभयो । बैठक भोली बिहीबार दिउसोँ मालिका लेकमा बस्ने छ । रमणिय क्षेत्र मालिका लेक पर्यटकिय हिसावले महत्वपूर्ण क्षेत्र हो । यहाँबाट सिस्ने लगाएतका हिमाल देखी दार्मा, कुमाख र चौरजहारीका रमणिय फाँटहरु पनि देख्न सकिन्छ ।

‘पयर्टन बर्ष नजिकिदैँ गर्दा जिल्लामा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्धेश्यले नेपाल पत्रकार महासंघ सल्यानको बैठक मालिका लेकमा बस्न लागेको हो’ उहाँले भन्नुभयो —‘बिगत देखी नै महासंघको नियमित बैठक पर्यटकिय क्षेत्रमा बस्दै आएको छ, यस अघि पर्यटकिय क्षेत्र लक्ष्मीपुर र चाँदनी साततले गुफा लेखपोखरामा सम्पन्न भएको थियो ।’

यसैबिच मालिका पर्यटन प्रर्बद्धन समिती र दार्मा गाउपालिकाको आयोजनामा पर्यटन प्रर्बद्धनमा सरोकारवालाहरुको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रम पनि मालिका लेकमा बिहीबार हुदैँ छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित