सल्यान १३ मंसिर ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको पूर्ण बैठक मालिका लेकमा सम्पन्न भएको छ । जिल्लाको दार्मा गाउपालिका वडा नम्बर ४ मा अबस्थित धार्मिक तथा पर्यटकिय क्षेत्र मालिका लेकमा महासंघको बैठक बिहीबार सम्पन्न भएको हो ।
नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन महासंघको बैठक नियमित बैठक मालिका लेकमा बसेको महासंघका जिल्ला अध्यक्ष प्रतिक ईच्छुक शर्माले बताउनुभयो । पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार र पर्यटन प्रर्बद्धन गर्न महासंघको बैठकले महत्वपूर्ण भूमिका निर्बाह गर्ने उहाँले बताउनुभयो ।
रमणिय क्षेत्र मालिका लेक पर्यटकिय हिसावले महत्वपूर्ण क्षेत्र हो । महासंघको बैठकले जिल्ला स्तरीय बृहत अन्र्तक्रिया कार्यक्रम सञ्चालन गर्ने लगाएतका बिभिन्न निर्णयहरु गरेको छ ।
फोटोहरुः