सल्यान १४, मंसिर ।
सल्यानको कुमाख गाउपालिका वडा नम्बर ५ मा आज मतदान हुदैँ छ । रिक्त रहेको वडाअध्यक्ष पदका लागी अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका समय तोकिएको छ । १ मतदान स्थल र दुई मतदान केन्द्रमा मतदानको सामाग्री सहित टोली केही दिन अगाडी नै मतदान स्थलमा पुगिसकेको थियो ।
निर्वाचन हुन लागेको कुमाख गाउँपालिका वडा ५ मा १ हजार ८ सय ३९ मतदाता रहेका छन् । सरस्वती माध्यमिक विद्यालय झारकाँडालाई मतदान स्थल तोकिएको छ । क मतदान केन्द्रमा ९ सय ५२ र ख मतदान केन्द्रमा ८ सय ८७ मतदाता रहेका छन् ।
वडा अध्यक्षको लागि हुने निर्वाचनमा नेकपाको तर्फबाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसको तर्फबाट खड्क बहादुर बोहरा र राप्रपाको तर्फ बाट गोपाल शाहले उम्मेदवारी दिएका छन् । उपनिर्वाचनका लागि १ सय ३५ बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यससँगै प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा आज उपनिर्वाचन हुँदै छ ।