सल्यान १४, मंसिर ।
सल्यानको कुमाख गाउपालिका वडा नम्बर ५ मा भैरहेको मतदानमा अहिले सम्म २ सय ९९ मत खसेको छ । सरस्वती माध्यमिक विद्यालय झारकाँडामा रहेको मतदान स्थलमा रहेका क र ख दुबै मतदान केन्द्रमा गरेर यो समाचार तयार पार्दा सम्म २ सय ९९ मत खसेको मूख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचन भैरहेको कुमाख गाउँपालिका वडा ५ मा १ हजार ८ सय ३९ मतदाता रहेका छन् ।
मतदान कार्यमा मतदाताहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको छ । मतदान कार्यलाई ब्यबस्थित गर्न महिला पुरुषको छुट्टै लाईनको ब्यबस्था गरिएको छ । यस्तै मतदान स्थल वरिपरी सुरक्षा ब्यबस्था कडा पारिएको छ ।
कुमाख गाउपालिका ५ का वडाअध्यक्ष हरि प्रकाश बुढाथोकी जिल्ला समन्वय समितीको उपप्रमुख भएपछि रिक्त रहेको वडाअध्यक्ष पदका लागी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका समय तोकिएको छ । कुमाख गाउपालिका ५ मा बिहान सवा ७ बजेदेखी मतदान शुरु भएको थियो ।
वडा अध्यक्षको लागि भैरहेको निर्वाचनमा नेकपाको तर्फबाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसको तर्फबाट खड्क बहादुर बोहरा र राप्रपाको तर्फबाट गोपाल शाह उम्मेदवार बन्नुभएको छ ।