उपनिर्वाचन अपडेटः कुमाख गाउपालिका ५ मा मतदान जारी, ४९ प्रतिशत मत खस्यो

 

सल्यान १४, मंसिर ।

सल्यानको कुमाख गाउपालिका वडा नम्बर ५ मा भैरहेको मतदानमा अहिले सम्म ४९ प्रतिशत मत खसेको छ । सरस्वती माध्यमिक विद्यालय झारकाँडामा रहेको मतदान स्थलमा रहेका क र ख दुबै मतदान केन्द्रमा गरेर ४९ प्रतिशत अर्थात ९ सय १६ मत खसेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार मतदान केन्द्र क मा ५ सय र ख मा ४ सय १६ मत खसेको छ । उपनिर्वाचन भैरहेको कुमाख गाउँपालिका वडा ५ मा १ हजार ८ सय ३९ मतदाता रहेका छन् ।

मतदान कार्यमा मतदाताहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको छ । वडा अध्यक्षको लागि भैरहेको निर्वाचनमा नेकपाको तर्फबाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसको तर्फबाट खड्क बहादुर बोहरा र राप्रपाको तर्फबाट गोपाल शाह उम्मेदवार बन्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस