सल्यान १४, मंसिर ।
सल्यानमा ६१ प्रतिशत मत खसेको छ । शनीबार जिल्लाको कुमाख गाउपालिका ५ मा सम्पन्न उपनिर्वाचनमा कुल मतदाताको ६१ दशमलब १२ प्रतिशत अर्थात १ हजार १ सय २४ मत खसेको जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख हरि बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरस्वती माध्यमिक विद्यालय झारकाँडामा रहेको मतदान स्थलको क केन्द्रमा पुरुष २ सय ८१ र महिला ३ सय १२ गरेर जम्मा ५ सय ९३ र ख मतदान केन्द्रमा पुरुष २ सय ४३ र महिला २ सय ८८ गरेर जम्मा ५ सय ३१ मत खसेको छ । उपनिर्वाचन भएको कुमाख गाउँपालिका वडा ५ मा १ हजार ८ सय ३९ मतदाता रहेका छन् ।
कार्यालयका अनुसार बिहान ७ बजे देखी बेलुका ५ बजे सम्म मतदान भएको थियो । मतदान कार्यमा मतदाताहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । निर्वाचनमा पहिलो मत नेपाल कम्यूनिष्ट पार्टी नेकपाका उम्मेदवार धर्मे बुढाथोकी ज्वालाले पहिलो मत खसाल्नु भएको थियो । उहाँले मतदान केन्द्र क बाट आफुलाई मतदान गर्नुभएको थियो । यस्तै मतदान केन्द्र ख बाट मान बहादुर मल्लले पहिलो मत खसाल्नु भएको थियो ।
वडा अध्यक्षको लागि भैरहेको निर्वाचनमा नेकपाको तर्फबाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसको तर्फबाट खड्ग बहादुर बोहरा र राप्रपाको तर्फबाट गोपाल शाह उम्मेदवार बन्नुभएको छ । तीन उम्मेदवार बीच कडाप्रतिपर्धा हुने आँकलन गरिएको छ ।