सल्यान कुमाख वडा न ५ मा ज्वाला को जित

सल्यान मंसिर १४

कुमाख गाउँपालिका वडा नम्वर ५ सल्यानको वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी (ज्वाला) निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर बोहरालाई फराकिलो अन्तरमा हराउँदै बुढाथोकी निर्वाचित भएका हुन् ।

नेकपाका धर्मे बुढाथोकीले ७९२ मत ल्याएर विजयी भएका छन् भने नेपाली कांग्रेसका खड्कबहादुर बोहराले २५१, राप्रपाका गोपाल शाहले २१ मत ल्याएका छन् । ६० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

कुल १ हजार ८ सय ३९ मतदाता रहेको वडामा अध्यक्ष पदका लागि आज भएको निर्वाचनमा १ हजार १ सय २४ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

तत्कालीन वडा अध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि वडा अध्यक्ष पद खाली भएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित