सल्यान १५, मंसिर ।
सल्यानको कुमाख गाउपालिका ५ मा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले विजयी जुलुस निकालेको छ । शनिबार सम्पन्न उपनिर्वाचनमा सल्यानको कुमाख गाउपालिका ५ मा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का उम्मेदवार धर्मे बुढाथोकी ज्वाला विजयी भएपछि नेकपाले आज विजयी जुलुस निकालेको हो ।
विजयी जुलुसमा नेकपाका नेता कार्यकर्ताहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको छ । विजयी जुलुसमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सह इन्चार्ज तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय अध्यक्ष तथा नेकपा निकट यूवा विद्यार्थी विशेष कमिटि अध्यक्ष रमेश मल्ल, जिल्ला समन्वय समितीका उपप्रमुख हरि प्रकाश बुढाथोकी, दार्मा गाउपालिका अध्यक्ष नीम बहादुर केसी, कुमाख गाउपालिका अध्यक्ष दिलमाया बुढा, युवा संघका केन्द्रिय सदस्य गणेश शाही, खड्क आचार्य, मान बहादुर मल्ल लगाएतको उपस्थिती रहेको थियो ।
सो अबशरमा मन्त्री ज्वालाले सरकारले बिकास निर्माणका कामलाई तिव्रता दिएको बताउनुभएको छ । उहाँले सल्ली चौरजहारी सडक, थारमारे रागेचौर चौरहजारी सडक, बिद्युक्त, शिक्षा, स्वास्थ्य क्षेत्र सरकारको प्राथामिकतामा परेको बताउनुभएको छ ।