कुमाख गाउपालिका ५ मा बिजयी ‘ज्वाला’ को हुन ?

सल्यान १५, मंसिर ।
सल्यानको कुमाख गाउँपालिका वडा नम्वर ५ को वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धर्मे बुढाथोकी (ज्वाला) बिजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर बोहोरालाई फराकिलो मन्तारमा हराउँदै बुढाथोकी निर्वाचित हुनुभएको हो । नेकपाका धर्मे बुढाथोकीले ७ सय ९२ मत ल्याएर विजयी हुनुभएको हो भने नेपाली कांग्रेसका खड्ग बहादुर बोहराले २ सय ५१ र राप्रपाका गोपाल शाहले २१ मत ल्याउनुभएको छ । ६० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

कुल १ हजार ८ सय ३९ मतदाता रहेको वडामा अध्यक्ष पदका लागि भएको निर्वाचनमा १ हजार १ सय २४ जनाले मतदान गरेका थिए । तत्कालीन वडा अध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्विाचित भएपछि वडाअध्यक्ष पद खाली भएको थियो ।


बिजयी वडाअध्यक्ष को हुन ज्वाला ?

ज्वाला नेकपाका लोकप्रिय नेता हुनुहुन्छ । सानो उमेरमा नै राजनितिमा लागेका उहाँको अध्ययन साधारण रह्यो । जनप्रिय नेताका रुपमा स्थापित उहाँ सामाजिक कार्यमा बढी सक्रिय हुनुहुन्छ । सबै क्षेत्र, समुदाय, भूगोल, बर्गलाई समान दृष्टिले हेर्दै आउनु भएका उहाँ कुशल समाजसेबीका रुपमा चिनिनुहन्छ ।
ज्वालाको २०१८ साल जेठ १८ गते कुमाख गाउपालिका ५ चिउराटाकुरामा जन्म भएको थियो । २०४६ सालको बहुदल पश्चात २०४७ सालमा उहाँ राजनितिमा प्रवेश गर्नुभएको थियो । उहाँ २०४८ सालमा तत्कालिन नेकपा मसालको पार्टी सदस्य बन्नुभयायो । २०५१ सालमा पार्टीको जिल्ला कमिटी सदस्य बनेका उहाँका नेकपा माओबादी बनेपछि पार्टीको जिल्ला सदस्य हुदैँ सचिबालय सदस्य बन्नुभएको थियो ।


पछि होलटाईमर पार्टीमा रहेर काम गर्ने घोषणा गरेर २०५२ साल फागुण १ गते देखी भूमिगत रुपमा १० बर्षे जनयुद्धमा होमिनुभयो । यसैक्रममा उहाँ २०५८ सालमा पार्टीको जिल्ला जनसरकार उपप्रमुख बन्नुभयो । यस्तै २०५९ सालमा जनमुक्ति सेनामा पोल्टिकल कमिस्नार बनेका उहाँ २०६० सालमा भएको बेनी लडाईमा घाईते हुनुभयो ।

२०६१ साल देखी उहाँले फेरी सेनाको बटालिएन कमिस्नारको रुपमा काम थाल्नुभयो । २०६२÷२०६३ सालमा उहाँ पार्टीको क्षेत्रिय ब्यूरो सदस्य भएर काम गरेका उहाँ २०६४ सालमा पार्टी केन्द्रिय महाधिबेशन समिती सल्लाहकार सदस्य बनेका काम गरेका उहाँ अहिले नेपाल कम्यूष्टि पार्टी नेकपाको जिल्ला कमिटी सदस्य हुनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस