सल्यानको पेदीखोलाका ५ जनाको कास्कीमा ढिस्कोमा पुरिएर ज्यान गयो

सल्यान १५, मंसिर ।
कास्की जिल्लाको पोखरा महानगरपालिका २० को मौजामा ढिस्कोले पुरिएर ५ जनाको ज्यान गएको छ । ज्यान गुमाउने सबै सल्यानको एउटै गाउँका हुन् । पोखरा महानगरपालिका २० का वडाध्यक्ष सीम गुरुङले महानगरको कनेक्टिभिटी सडक निर्माणमा संलग्न सल्यान बागचौर नगरपालिका–४, पेदीखोलाका ५ जनाको आइतबार बिहान ज्यान गएको बताउनुभयो ।


ज्यान गुमाउनेमा जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली छन् । प्रहरी तथा स्थानीय मिलेर पुरिएकाहरुलाई निकालिएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा आइतबार बिहान ढिस्को खसेर मजदुर पुरिएका थिए । सुरुमा ३ जनाको मृत्यु भएकामा थप २ घाइतेको पनि मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस