दुर्गा बिसी,
सल्यान १५, मंसिर ।
सुर्खेतको सिम्ता गाउँपालिकाका किसानलाई ब्यबसायी गाईभैँसी पालन सम्बन्धि ३ दिने तालिम सञ्चालन गरिएको छ । सिम्ता गाउँपालिकाको आर्थिक सहयोग र पशु सेवा शाखाको आयोजनामा सिम्ताका किसानहरुका लागि ३ दिन सम्म पशु व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने कुरामा प्रशिक्षण दिइने पशुसेवा शाखाका प्रमुख दिलवहादुर पुनले जानकारि दिनु भएको छ ।
पशुमा लाग्ने रोग, खोर ब्यबस्थापन, पशु व्यवसाय कसरी? कुन वातावरणमा हुर्कन्छ भनेर प्रशिक्षित गरिने जनाएको छ । सिम्ताका कृषि फर्म व्यवसायी, अगुवा किसान, समूह र विभिन्न वडाका किसानहरुलाइ तालिम सञ्चालन गरिएको हो । यस अघि सिम्तामा किसानलाई भैंसी, बाख्रा र गाई वितरण गरिएको थियोे ।
३ दिन सम्म चल्ने तालिममा प्रशिक्षक नारायण प्रसाद न्यौपानेले सहजिकरण गरिरहनुभएको छ । तालिमको सिम्ता गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरीले उद्घाटन गर्नु भएको थियोे ।