सल्यानमा बहुप्राबिधिक शिक्षालय निर्माण हुदैँ, रु.एक करोड विनियोजन

सल्यान १६, मंसिर ।
सल्यानमा बहुप्राबिधिक शिक्षालय निर्माण हुने निश्चित भएको छ । २००८ सालमा स्थापना भएको पुरानो बिद्यालय त्रिभुवन जन नमुना माद्यामिक बिद्यालय जिल्लाको सदरमुकाम खलंगामा रहेको लुहापिङलाई बहुप्राबिधिक शिक्षालयका रुपमा बिकास गरिने भएको हो । अहिले प्राबिधिक धारको पढाई सञ्चालन गरेको यस बिद्यालयमा प्रदेश स्तरीय बहुप्राबिधिक शिक्षालयका रुपमा बिकास गर्न लागिएको हो ।

जसको लागी करिब एक करोड रुपैँया बिनियोजन गरिएको सल्यान प्रदेशसभा क का सांसद गुलावजंग शाहले जानकारी दिनुभएको छ । आईतबार त्रिभुवन जन नमुना माद्यामिक बिद्यालयको प्रांगनमा आयोजित स्वागत तथा शैक्षिक भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।


प्राबिधिक धारमा पठनपाठन गरिरहेको यस बिद्यालयलाई बहुप्राबिधिक शिक्षालयका रुपमा बिकास गर्न लागिएको छ, यसको लागी प्रदेश सरकारले भौतिक संरचना निर्माण गर्न रु. १ करोड बिनियोजन गरेको छ, छिट्टै भौतिक भूर्वाधार निर्माणको काम शुरु हुन्छ उहाँले भन्नुभयो । उहाँले जिल्लामा प्राबिधिक धारको पढाई हुने बिद्यालय नहुदाँ बिगतमा बिध्यार्थिहरु शहर जाने गरेको स्मरण गर्दै अबका दिनमा त्यो समस्याको समाधान हुने बताउनुभयो ।

प्रदेशसभा सदस्य शाहले शैक्षिक क्षेत्रमा लगानी नभएसम्म गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने बताउनुभयो । यसका लागी सरोकारवाला निकायहरुसंग पहल गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षक, बिद्यार्थी, अभिभावक र सरोकारवाला निकायहरुका बीचमा समन्वयात्मक तरिकाले अगाडी बढ्न सके शैक्षिक गुणस्तर सुधारमा समस्या नहुने बताउनुभयो ।


बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य ओज बहादुर बुढाथोकी, बिद्यालयका प्रधानाध्यापक माधब बिक्रम जिसी लगाएतकाले बोल्नु भएको थियो । सहायक प्रधानाध्यापक मधुसुदन शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक रुपक शाहले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस