कास्कीमा भएको घटनाप्रति बागचौर नगरपालिकाद्धारा दुःख व्यक्त

सल्यान १६, मंसिर ।
कास्कीको पोखरा महानगरपालिका २० मौजामा माटोको ढिस्कोले पुरिएर सल्यानका ५ जनाको मृत्यू भएको घटनाप्रति सल्यानको बागचौर नगरपालिकाले दुःख व्यक्त गरेको छ । नगरप्रमुख लोकमान बुढाथोकीले आज शोक वक्तव्य जारी गर्दै बागचौर नगरपालिका वडा नम्बर ४ पेदिखोला निवासी जागेन्द्र बुढाथोकी, दोभान बस्नेत, जित बहादुर बस्नेत, गणेश ओली र खिमलाल ओलीको पोखरामा भएको निधनप्रति दुःख ब्यक्त गर्नुभएको हो ।


दुःखद यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दछौँ वक्तव्यमा भनिएको छ । साथै घाईतेको शिघ्रस्वास्थ्य लाभको कामना गरिएको छ । पोखरा महानगरपालिका–२० स्थित मौजामा सडक निर्माण गर्ने क्रममा आइतबार बिहान माटोको ढिस्को खसेर मजदुर पुरिएका थिए ।

यस्तै कर्णाली प्रदेश सरकारका मूख्यमन्त्रीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले शोक वक्तव्य जारी पोखरामा भएको घटनाप्रति दुःख ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस