सल्यान १७, मंसिर ।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ ले आज सार्वजनिक बिदा दिएको छ । कास्कीको पोखरा महानगरपालिका २० मौजामा माटोको ढिस्कोले पुरिएर सल्यानको बागचौर नगरपालिका ४ का ५ जनाको मृत्यू भएकोले आज वडामा सार्वजनिक बिदा दिएको वडा कार्यालयले जनाएको छ ।
वडामा रहेका सम्पूर्ण सरकारी कार्यालय र बिद्यालयहरु बन्द गरिएको वडाअध्यक्ष प्रेम बहादुर पुनले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–२० स्थित मौजामा सडक निर्माण गर्ने क्रममा आइतबार बिहान माटोको ढिस्काले पुरिएर योगेन्द्र बुढाथोकी, दोभान बस्नेत, जित बहादुर बस्नेत, गणेश ओली र खिमलाल ओलीको मृत्यू भएको थियो ।