उपनिर्वाचन बहिस्कार अभियानमा लाग्ने क्रान्तिकारी माओबादीका ४ जना नेता रिहा

सल्यान १७, मंसिर ।
उपनिर्वाचनको समयमा पक्राउ परेका नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी) माओबादीका ४ जनालाई प्रहरीले रिहा गरेको छ । गत मंसिर १० गते मंगलबार उपनिर्वाचनलाई बहिस्कार गरौँ भन्ने अभियानमा लागेका उनीहरुलाई कुमाख गाउपालिका ५ बाट सल्यान प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका चारै जनालाई सोमबार साधारण तारेखमा रिहा गरिएको सल्यान प्रहरी प्रमुख (डिएसपि) ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उनीहरुलाई ७ दिन पछि रिहा गरिएको हो ।


प्रहरीले पार्टीका कर्णाली प्रदेश इन्चार्ज सुर्खेत घर भएका ६० वर्षीय चक्रपाणी शर्मा, दैलेख घर भएका केन्द्रीय सदस्य ४० वर्षीय दिपक शाही, जिल्ला सचिव सल्यानको कुमाख गाउपालिका ५ घर भएका ६८ वर्षीय चक्र बहादुर शाह र जिल्ला सदस्य कुमाख गाउपालिका ७ घर भएका ३८ वर्षीय हिरालाल गोसाईलाई पक्राउ गरेको थियो ।

राष्ट्रिय अखण्डाको पक्षमा सरकारसँग सहकार्य गर्छौ : इन्चार्ज शर्मा
नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी) माओबादीका कर्णाली प्रदेश इन्चार्ज चक्रपाणी शर्माले राष्ट्रिय अखण्डाको पक्षमा सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताउनुभएको छ । रिहापछि मंगलबार आज बिहान खलंगामा पत्रकार सम्मेलन गर्दै उहाँले संसदिय ब्यबस्थाको बिरुद्धमा आफ्नो पार्टी भएपनि भारतले मिचेको नेपाली भूमी फिर्ता गर्नको लागी भने सरकार संग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभएको हो ।


भारतले हालै जारी गरेको नक्सामा नेपाली भूमी समेत समाबेश गरेकोले नेपाली भूमी फिर्ताको लागी आफ्नो पार्टीले आन्दोलन गर्दै आएको उहाँले बताउनुभयो । उहाँले १८१६ मा भएको सुगौली सन्धीमा समाबेश भएअनुसार नेपाली भूमी फिर्ताको लागी सरकारले जोडदार रुपमा पहल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस