२८औ अन्तर्राष्ट्रिय अपांग दिवसको अबसरमा सिद्ध कुमाखमा अपाङगता भएका व्यक्तिहरुलाई सम्मान

सल्यान टुडे
मंसिर १७, सल्यान ।

सल्यानको सिद्ध कुमाख गाउपालिकाले आज एक कार्यक्रमका बिच ७३ जना अपांंगता भएका ब्यक्तिहरुलाइ सम्मान गरेको छ ।

२८औ अन्तर्राष्ट्रिय अपांग दिवसको अबसरमा “दिगो बिकासको लक्ष्य,अपाङमैत्रि भविष्य”भन्ने मुल नाराका साथ गाउपालिका भित्रका नेपाल सरकारद्वारा प्रदान गरिने सामाजिक सूरक्षा भत्ता अन्तर्गतका “क” वर्गका १६ जना र ख वर्गका ५७ जना गरी जम्मा ७३ जना अपांगता भएका ब्यक्तिहरुलाइ आज गाउपालिकाको परिसरमा सम्मान कार्यक्रमको आयोजना गरि न्यानो सिरक र तन्ना लगाएतका समाग्री बितरण गरिएको गाउपालिका का सुचना प्रमुख भिम भण्डारी ले जानकारी दिनु भएको छ ।

कार्यक्रममा सहभागि विशेष क्षमता भएका ब्यक्तिहरुले आफुलाइ सम्मान गरेकोमा खुसि ब्यक्त गर्दै सिपमुलक तालिमहरुको व्यवस्था गरिदिन समेत स्थानिय सरकारसंग माग गरेका छन् ।

कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले अपाङ्गहरुले पनि सपाङ्ग सरह काम गरि आफ्नो जिविकोपार्जन गर्न सक्ने भएकाले उनिहरुलाइ अवसर र हौसला प्रदान गर्नुपर्ने  बताउनु भयो ।

गाँउपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा कुमारी बोहरा, प्रमुख प्रशासकिय अधिकृत चिन्तामनि रेग्मि लगायतका जनप्रतिनिधि र कर्मचारीहरुको  उपस्तिथिका बिच कार्यक्रम सप्पन्न  भएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित