पाेखरामा भएकाे घटना प्रति मन्त्री ज्वाला तथा ने.क.पा सल्यान द्वारा दुख: व्यक्त

सल्यान टुडे

मसिर १८ सल्यान

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री तथा सल्यान क्षेत्र न‌‍ २ का प्रदेश सासद  प्रकाश ज्वालाले पोखरामा सल्यानका एउटै गाउँका पाँच जनाको ज्यान जानेगरी  भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएकाे छ । पोखरामा नाली निर्माणको कार्य गर्दै गर्दा ढिस्कोले पुरिएर सल्यानको बागचौर नगरपालिका वडा न ४ पेदीखोलाका एकै गाउँका ५ जनाको ज्यान गएको दुःखद खबरले अत्यन्त दुःखी एवं मर्माहत भएको छु मन्त्री ज्वाला द्धारा बुधबार जारी शोक बक्तव्यमा भनिएको छ ।अकालमै ज्यान गुमाएका जितबहादुर बस्नेत, गणेश वली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु  बक्तव्यमा भनिएको छ ।

यति वेला पिडामा रहेका परिवारलाइ सहयाेगी हातहरुकाे अावश्यक्ता रहेकाेले  कर्णाली प्रदेश सरकार र जनप्रतिनिधिको नाताले आफुले सबै खालको सहयोग गर्न प्रतिवद्ध रहेको बताउदै पिडितको सहयोगका लागि सम्बन्धित निकाय, स्थानीय तह, विभिन्न संघसंस्था र व्यक्तिहरुमा समेत मन्त्री ज्वालाले शोक बक्तव्य मार्फत आग्रह गर्दे अाफ्नाे तर्फ वाट गर्न सकिने सहयाेगका लागी प्रतिवद्ता प्रकट गर्नुभएकाे छ। गएको मंसिर १५ गते पोखरा महानगरपालिका –२० स्थित मौजामा सडक खन्ने क्रममा माथिबाट आएको सुख्खा पहिराेले  पुर्दा उनिहरुको ज्यान गएको थियो ।

त्यसै गरि आजै नेपाल कम्युनिस्ट पार्टी सल्यान ले विज्ञप्ती जारी गर्दै बागचौर नगरपालिका वडा न ५ का मानिसहरुको पोखरामा भएको निधन प्रती दुख प्रकट गरेको छ । सुख्खा पहिरोमा परि निधन भएका ब्यक्तिहरु प्रती भाबपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवार जनप्रती गहिरो समबेदना प्रकट गर्दछौ, पार्टी अध्यक्ष गोबिन्द कुमार पुन द्वारा हस्ताक्षरित बिज्ञाप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस