सल्यान १९, मंसिर ।
जेस्ठ नागरिक लाई सम्मान गर्ने र पर्व खर्च उपलव्ध गराउने शारदा नगर पालिकाको नीति अनुरुप सुरु गरिएको पर्व भत्ता बितरण कार्य शारदा नगर पालिका अन्र्तगत बुधवार बडा न १४ र १५ मा भत्ता बितरण गरिएको छ ।
नगरले जेस्ठ नागरिक हरुको सुरक्षा र खर्चमा सहयोग पुर्याउने उद्धश्यले अघिल्लो आर्थिक बर्ष देखि यो नीति लागू गर्दै आएकोछ।
यो नितिको आवश्यकता बारे कुरा गर्दै नगर प्रमुख सुरेश अधिकारिले जेस्ठ नागरिक समाजको ऐना भएको र त्यही ऐनाको माध्यम बाट अगाडिको समाजले गति लिने महसुस गरि आफू हरुले जेस्ठ नागरिक हरुको सुरक्षा र खर्चमा चासो राखेको बताउनुभयो।उहाले इतिहासले भविष्यलाई निर्देषित गर्ने हुदा ईतिहास लाई सम्मान गर्न पनि जेष्ठ नागरिक हरुलार्इ सम्मान गर्ने नीति बनाइएको स्पष्ट पार्नुभयो।अधिकारिले सवै वडामा पुगेर आफ्नै हात बाट जेस्ठ नागरिक हरुलाइ पर्व खर्च दिने आफ्नो इच्छा भएपनी फुर्सद निकाल्न नसक्दा त्यो गर्न नसकेकोमा आफू दुखी रहेको धारणा राख्नुभयो।
नगरले अघिल्लो वर्ष देखि लागू गरेको यो नितिलार्इ आगामी बर्ष हरुमा पनि निरन्तरता दिने बताएकोछ भने यो आर्थिक बर्ष देखि नया कार्यक्रम जेष्ठ नागरिक हरुलाइ औषधी उपचार खर्च भनेर मासिक ३ सय रुपैया दिने पनि निर्णय गरेकोछ।यसरी सरकारले जेष्ठ नागरिक हरुलाइ दिने सामाजिक सुरक्षा भत्ता बाहेक जेष्ठ नागरिक हरुले उल्लेखित सुबिधा नगर बाट पाउनुहुनेछ।
बुधवार शारदा नगर पालिका १४ र १५ नम्वर वडाका जेस्ठ नागरिक हरुलाइ शानपा उप प्रमुख साबित्रा बस्नेत,१४ का अध्यक्ष कृष्ण बहादुर गिरि र १५ का अध्यक्ष हिमेन्द्र बाबू सेजवाल ले पर्व भत्ता हस्तान्तरण गर्नुभएको हो।
हस्तान्तरन कार्यक्रममा ६९ जना जेस्ठ नागरिक हरुले पर्व खर्च बुझ्नुभएको सो वडाका सचिव सीता योगिले बताउनु भएकोछ। प्रेस सल्लाहकार यादब उपाध्याय ले सल्यान टुडेलाई जानकारी दिनुभयो ।