रु. एक करोड लागतमा शंखमुलमा पार्क निर्माण हुदैँ

सल्यान २०, मंसिर ।
सल्यान जिल्लाकै पवित्र धार्मिक तिर्थस्थल शंखमुलमा ठूलो शंख सहितको पार्क निर्माण कार्य सुरु भएको छ । छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ मा गाउँपालिकाले पार्क निर्माणको कार्यलाई अगाडि बढाएको हो । करिव एक करोडको लगानीमा पार्क निर्माण गरेर ठूलो आकारको शंख स्थापना गरिने गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो । शंख सहित बन्न लागेको पार्कको शुक्रबार शिलान्यास गरिएको छ ।


राप्ती लोकमार्ग अन्तरगत दाङ सल्यान सडक खण्डको घोप्टे अम्राइ देखि ५ सय मिटरको दुरिमा उक्त पार्क निर्माण हुनलागेको हो । प्राबिधिक स्टमेट बनाई गाउँकार्यपालिकाको बैठकबाट उक्त पार्क निर्माणको लागि १ करोड १४ लाख ४६ हजार ९ सय २८ रुपैयाँ बिनियोजन गरिएको थियो । बिनियोजन गरिएको बजेटबाट भ्याट सहित प्राकृतिक निशान जेभी सिद्धार्थनगर रुपन्देहीले ९५ लाख १२ हजार १ सय ८३ रुपैयाँमा उक्त पार्क निर्माण कार्यको जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस