सल्यानमा अबैद्ध खोला उत्खनन् तिव्र, ट्याक्टर र स्काभेटर नियन्त्रणमा

दुर्गा बिसी,
सल्यान २०, मंसिर ।
सल्यानको पश्चिम क्षेत्रमा नदि तथा खोला उत्खनन तिव्र रुपमा वढेको छ । कुपिण्डे ताल आसपास, भेरि नदि, बनगाड खोला र माँझकाडा खोलाहरुको गिट्टी, ढुङ्गा, वालुवा लगाएतको सामग्रीको उत्खनन् तिव्र रुपमा बढेको हो । अचेल दैनिक रुपमा उत्खनन् हुदैँ आएको छ । खोलाहरुमा अवैध बस्तुहरु उत्खनन हुन थाले पछि स्थानीय चिन्तित वनेका छन् ।

कतिपय स्थानमा अनुमती बिना नै उत्खनन् गरेको पाईएको छ । बनगाड कुपिण्डे नगरपालिकाले दुई महिना अघि स्थानीय खोला तथा नदिको ढुङ्गा, वालुवा र गिट्टी उत्खननका लागि टेण्डर आह्वान गरेको थियो । टेण्डरको समयावधि सकिदांँ समेत कुनै पनि फर्मले टेण्डर नहालेको नगरपालिका स्रोतले जनाएको छ ।

नगरपालिकाको दररेट वढी भएकाले यस टेण्डरमा समाबेश नभएको निर्माण ब्यबसायीहरुले बताएका छन् । यसैबीच बनगाड कुपिण्डे नगरपालिकाले बालुवासँग्रही नजिकै नदि उत्खनन गरि वालुवा गिट्टी निकालिरहेको अवस्थामा ६ वटा ट्याक्टर र स्काभेटर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ती सबैलाई कानुन बमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ । यस क्षेत्रमा उत्खनन् गरिएको नदिजन्य बस्तु अन्य क्षेत्रहरुमा समेत निकासी हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस