दुर्गा बिसी,
सल्यान २१, मंसिर ।
सल्यानमा केरन्ट लागेर एक बालक घाईते भएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका स्थित सल्लीबजारमा खेल्ने क्रममा केरन्ट लागेर ७ बर्षिय बालक गौरब बस्नेत घाईते भएका हुन् ।
शुक्रबार बेलुका घरको छतमा खेल्ने क्रममा घर माथिको विद्मुतिय मुख्य तार छुदा करेन्ट लागेको बुवा दिपक वस्नेतले जानकारी दिनु भएको छ । केरन्ट लागेर अचेत अवस्थामा रहेका उनलाई उपचारका लागी नेपालगन्ज लगिएको छ ।
उनको उपचार भैरहेको परिवारले जनाएको छ । गौरव वस्नेतले लङग गृन बोर्डिङ स्कुल सल्लिवजारमा कक्षा १ मा अध्ययन गर्दै आएका छन् ।