सल्यानकी चेली पुष्पा, जसले जितिन महिला म्याराथनमा रजत

सल्यान २१, मंसिर ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको स्पर्धामा नेपाल दोस्रो भएको छ । श्रीलंका पहिलो हुँदै स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी दोस्रो हुनुभएको छ । पुष्पाको घर सल्यान हो । उहाँले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गर्नुभयो ।


पहिलो भएकी श्रीलंकाकी खेलाडी हिरुनी केसाले भने २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा दौड पूरा गर्नुभयो । २ घण्टा ५२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरेकी भारतीय खेलाडी ज्योतीले तेस्रो हुँदै कास्य पदक जित्नुभयो ।

पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक जित्नुभएको छ । उहाँले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस