छत्रेश्वरी गाउपालिकाको एम्बुलेन्स बाँकेमा दुर्घटनाः २ जनाको मृत्यू, २ घाईते

सल्यान २१, मंसिर

सल्यानको छत्रेश्वरी गाउपालिकाको एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्स र ट्रक ठोक्किएर दुर्घटना हुदाँ एम्बुलेन्स चालक सहित एक शिशुको मृत्यू भएको छ । नेपालगञ्जबाट सल्यान आउदै गरेको गाउँपालिका अन्तरगत दमाचौर स्वास्थ्य चौकीको एम्बुलेन्सलाइ काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना ८ ख ५४३२ नम्बरको ट्रकले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाइते भएका छन् ।


आज दिउँसो साढे २ बजेतिर बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ जिरो प्वाइन्टमा ट्रकले ठक्कर दिएपछि एम्बुलेन्स चालक सल्यान छत्रेश्वरी गाउपालिका २ दहगाउँका अन्दाजी २८ वर्षका चित्र बहादुर सुनारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार दाङ दंगीशरण गाउँपालिका– ५ निबासी तिलकराम खड्काका चौध दिनका शिशुको पनि मृत्यु भएको छ । तिलक र उनकी श्रीमती मालती खड्का गम्भीर घाइते भएका छन् । उनिहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । हिजो शुक्रबार दमाचौरबाट एकजना घाईतेलाई लिएर एम्बुलेन्स नेपालगञ्ज गएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित