वातावरण सुधार वहुउदेश्यीय सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न

सल्यान २१, मंसिर ।
वातावरण सुधार वहुउद्धेश्यीय सहकारी संस्था सल्लीवजार शाखाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वातावरण सुधार वहुउदेश्यीय सहकारी संस्था सल्लीले ग्रामिण क्षेत्रका महिलालाई समुहमा आवद्धता वनाई सहुलीतमा ऋण लगानी गर्ने गरेको छ । ऋणसँगै सहकारीले आयआर्जन तथा सिपमुलक, उत्पादनका क्षेत्रमा लगानी गर्ने गरेको जनाएको छ ।


संस्थाका अध्यक्ष प्रेम प्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार पुनले संस्थाले लगानी गरिव, उत्पीडित र उत्पादनमुखि क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो । सहकारी सधै जनताको सहजकर्ता हुने भएकोले नागरिकको जिवनस्तर परिर्वतन र उत्पादनका क्षेत्रमा वढि जोड दिन उहाँले आग्रह गर्नुभयो ।


कार्यक्रममा सल्ली शाखा प्रमुख ठुम्रा कुमारी गिरी, लेखा समितीका हेमलाल पन्त, नेत्रा रेग्मी, कार्यकारी प्रवन्धक सुरज प्रसाद आचार्य, कोषाध्यक्ष ताराकेसर पौडेल, सहयोगि गाउँ समिती सदस्य संयोजक रिता वली, केशवी राना, निर्मला राना र हरिकला पुन लगाएतले बोल्नुभएको थियो । संस्थाको हाल सम्मको लगानी ८ करोड ४५ लाख, वचत ३ करोड ७३ लाख र शेयर ४९ लाख ४२ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस