नेपाल भ्रमण वर्षको सन्दर्भमा कर्णाली स्वागत द्वारको कपुरकोटमा उद्घाटन

सल्यान २१, मंसिर ।
नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भमा सल्यानमा कर्णाली प्रदेश स्वागत द्वारको उद्घाटन गरिएको छ । जिल्लाको कपुरकोटमा निर्माण भएको स्वगत द्वारको शनिबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र गाउपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिम बहादुर सेनले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।


संबिधान सभा सदस्य रहदा सांसद प्रकाश ज्वालाको निर्वाचन क्षेत्र पुर्वाधार बिकाश कार्यक्रमको ६ लाख र कर्णाली सरकारको १० लाख रुपैयाँ गरि जम्मा १६ लाख रुपैयाँको लागतमा स्वागत गेट निर्माण भएको निर्माण समितिका अध्यक्ष भुवनेश्वर गौतमले जानकारी दिनुभयो । उक्त रकम मध्यबाटै गेट नजिक प्रतीक्षालय समेत निर्माण गरिएको छ ।


उद्घाटन कार्यक्रममा मन्त्री ज्वालाले सडक, विद्युत, खानेपानी, बिद्यालय भवन, कृषिको क्षेत्रमा काम भैरहेको बताउनुभयो । उहाँले कपुरकोटमा केही ठुला योजना गाउपालिका संग मिलेर गर्न लागिएको बताउनुभयो । कर्णाली प्रवेश गर्ने मुख्य दुई नाका बबै र कपुरकोट रहेको जनाउदै अर्थमन्त्री ज्वालाले कपुरकोट क्षेत्र वेमौषमिले पनि प्रख्यात रहेकोले धेरै मानिसहरु यहि नाका भएर साविकको कर्णाली सम्म पुग्न सक्ने बताउनुभयो ।


यस्तै गाउपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष सेनले यो समय तिनै तहका सरकार मिलेर तिब्र गतिमा बिकास गर्ने समय भएको बताउनुभयो । उहाँले कपुरकोटमा निर्माण गरिएको स्वागत द्वारमा कोरिएका तस्विरले सल्यान जिल्लाका महत्वपूर्ण पर्यटकिय स्थलहरुको प्रचारमा टेवा पुर्याएको उल्लेख गर्नुभयो ।


पत्रकार शंकर केसिले सहजीकरण गरेको कार्यक्रममा पुर्व जिविस सभापती उदय बोहोरा, कपुरकोट गाउकार्यपालिका सदस्य ठकबिर बिक लगाएतले मन्तव्य राख्दै बिकासमा विभेद हुन नहुने र कुनै पनि बिकास दुगो हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस