दुर्गा बिसी,
सल्यान २२, मंसिर ।
सुर्खेतको सिम्ता गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गाउँ कमेटीले पुर्णता पाएको छ । गाउँ कमेटी सिम्ताको सपथ ग्रहण तथा प्रथम पुर्ण वैठक समेत सम्पन्न भएको छ । गाउँ कमेटीका ७५ जना पदाधिकारी सदस्यलाई नेकपा जिल्ला कमेटी अध्यक्ष धुव्र कुमार शाहीले सपथ खुवाउनु भएको हो ।
नेकपा केन्द्रीय सदस्य झक वहादुर मल्लको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा जिल्ला कमेटीका कमला शर्मा, जिल्ला सचिव कृष्ण जीसी, मोहन वडुवाल, डण्डी शर्मा, ऐनवहादुर चन्द, कोकीला सिंह, टेकेन्द्र कुमार वस्नेत, नेत्रलाल महतारा, गणेश वि.क., वखत खत्री,प्रेम सुनार र मानसिंह ठकुरी लगाएतका दर्जन वढी नेताहरुले बोल्नुभएको थियो । पार्टी एकता नहुदाँ जनतामा निरासा पैदा भएकोले अव पार्टीका कामकाज सहजढँगले अघि वढ्ने सहभागीहरुले जनाएका छन् ।
गाउँ कमिटीले पुर्णता पाएपछि सिम्तामा पार्टीका कामकाज र स्थानीय सरकारलाई सहि दिशानिर्देश गर्न सजिलो हुने विश्वास लिईएको छ । गाउँ कमिटी अध्यक्ष कविन्द्र कुमार के.सीले पार्टीको निति निर्देशनको पालना गर्दै पार्टीको हितको पक्षमा काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा सञ्चालन सचिव झुप वहादुर वुढाले गर्नु भएको थियो ।