सोलाबाङ—रिम फराकिलो बनाएको सडकको उद्घाटन

सल्यान २२, मंसिर ।
सल्यानको कपुरकोट रिम सिनवाङ सडक अन्तर्गत घट्टेखोला रिम सितलबजार सम्म फराकिलो बनाएको सडकको उद्घाटन गरिएको छ । सडकको शनिबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्नुभएको हो ।


कपुरकोट गाउपालिका ५ का वडाअध्यक्ष यम कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले सडक, विद्युत, खानेपानी, कृषि लगाएतको क्षेत्रलाई प्राथामिकता दिएर काम गरिरहेको बताउनुभएको छ । कार्यक्रममा जनप्रतिनिधि लगाएत स्थानियको सहभागिता रहेको थियो ।


कर्णाली प्रदेश सरकारले उक्त सडक फराकिलो बनाउन एक करोड रुपैयाँ बिनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस