सिद्धकुमाख गाउपालिकाद्धारा उपभोक्ता समितीका पदाधिकारीहरुलाई अभिमुखिकरण

सल्यान २२, मंसिर ।
सल्यानको सिद्धकुमाख गाउपालिकाले उपभोक्ता समितीका पदाधिकारीहरुलाई अभिमुखिकरण दिएको छ । गाउपालिका भित्रमा रहेका ५ वटै वडामा गठन भएका उपभोक्ता समितीका पदाधिकारीहरुलाई अभिमुखिकरण दिईएको हो ।

प्रत्येक वडाको वडा कार्यालयमा सञ्चालन भएको अभिमूखिकरणमा वडा भित्रका निर्माण कार्यहरु गर्नको लागि गठन भएका सम्पुर्ण उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाइ सहभागी गराइएको गाउपालिकाका सुचना अधिकारी भिम भण्डारीले जानकारी दिनुभयो ।


पदाधिकारीहरुलाई योजना अनुगमन समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहरा, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी, योजना शाखा प्रमुख विमला खत्री र आर्थिक प्रशासन शाखा प्रमुख गोपाल वलीले प्रशिक्षण दिनुभएको थियो ।


उपभोक्ता समितिको सानो गल्तीले गर्दा वेरुजु वढेको र अख्तियार सक्रिय रहेको हुदाँ आगामी दिनमा त्यसतर्फ सचेत रहन गाउपालिकाले अभिमुखिकरण सञ्चालन गरिएको गाउपालिका उपाध्यक्ष बोहराले बताउनुभयो । उहाँले नमुना काम गर्न उपभोक्ता समितीलाई निर्देशन दिनुभएको छ ।
यस्तै उपभोक्ता समितिले गरेको कामको अनुगमन र मुल्यांकन गरेर मात्र गाउपालिकाले भुक्तानी दिने प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित