ईप्रका रागेचौर सल्यानमा निर्मित नवदुर्गा मन्दिरको उद्घाटन

सञ्जिव लामिछाने
सल्यान २२, मंसिर ।
सल्यानको ईलाका प्रहरी कार्यालय रागेचौरमा नवदुर्गा मन्दिरको उद्घाटन गरिएको छ । नागरिक प्रहरी सहकार्य अन्तर्गत बनेको मन्दिरको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले उद्घाटन गर्नुभएको हो । नागरिक र प्रहरीको साझेदारीमा रु. १ लाख ५५ हजारको लागतमा मन्दिर निर्माण गरिएको हो ।


मन्दिर निर्माणका लागि मार्गदेबी निर्माण सेवा प्राली भक्तपुरका संचालक हिमाल शर्माले ५१ हजार बाराबरको भौतिक सामाग्री, भगवती निर्माण सेवा शारदा नगरपालिका २ का संचालक अन्जान राई बाट ४१ हजार, ईप्रका रागेचौरको कार्यलयको तर्फबाट ४५ हजार ५ सय, कुपिण्डे निर्माण सेवा प्रालीबाट ३ हजार ५ सय, जनता माबि रागेचौरबाट १० हजार गरी कुल १ लाख ५५ हजार सहयोग भएको थियो ।


कुमाख गाउपालिका ५ का वडाध्यक्ष धर्मे बुढाथोकीको अध्यक्षतामा भएको मन्द्यिर उद्घाटन कार्यक्रममा २ नम्बर वडाध्यक्ष शेर बहादुर रावत, जनता माबि रागेचौरका सहायक प्रधानाध्यापक भिम बहादुर वली लगाएतको सहभागीता रहेको थियो । इलाईका प्रहरी कार्यालय रागेचौरका प्रमुख घनश्याम श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक नन्दाराम भारतीले गर्नुभएको थियो ।


सो अबशरमा उत्कृष्ट काम गर्ने प्रहरी हवल्दार जगत बहादुर थापा, प्रहरी जवान इन्द्र गिरी र कार्यालय सहयोगी तेज बहादुर थापालाई सम्मान गरिएको छ । यस्तै मन्दिर निर्माणमा सहयोग गर्ने विभिन्न सहयोगीदातालाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस