कुमाख गाउपालिका ६ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

सल्यान २३, मंसिर ।
सल्यानको कुमाख गाउँपालिका ६ वडागाउ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । वडाका सबै गर्भवति स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने दरमा शतप्रतिशत भएपछि वडालाई पुर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो । २०५० सालमा वडागाउको नाउला दरबारमा उपस्वास्थ्य चौकीको नाममा स्थापना भएको स्वास्थ्यसंस्थामा २०६८ फागुणबाट एक जना तालिमप्राप्त अनमीलाई करारमा राखि प्रसुति सेवा दिन थालिएको थियो ।


त्यसपछि स्वास्थ्य संस्थामा हरेकबर्ष प्रसुती सेवा लिनेको संख्या बढेको थियो । अघिल्लो बर्ष नै सबै सुत्केरी स्वास्थ्यसंस्थामा भएको भएतापनि यस बर्ष मात्रै वडालाई पुर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो । २०७६ भाद्रमा गरीएको घरधुरी सर्वेक्षणका अनुसार गाउँघर क्लिनिक लगायतका नजिकका स्वास्थ्यसंस्थामा गर्भ जाँच गर्न आएका ६५ जना मध्ये सबै स्वास्थ्य संस्थामा सुत्केरी भएको स्वास्थ्यचौकी प्रमुख गलविर कुमाइले जानकारी दिनुभयो ।

स्वास्थ्यसंस्थाले हरेक जाँचमा एक पोका आयोडिन नुन प्रदान गर्दै आएको छ । यस्तै स्वास्थ्य संस्थाले सुत्केरीलाई रु.२८ सय प्रदान गर्दै आएको छ । कार्यक्रमले मातृ तथा शिशु मृत्युदर घटाउने, गर्भावस्थाका जोखिमलाई पत्ता लाई निराकरण गर्ने, नवजात शिशुका खतराका चिन्हलाई समयमा नै भेटाई निराकरण गर्न सकिने, कार्यक्रमको महत्व अन्य स्वास्थ्यसंस्थामा दर्साई देशभर हुने मातृतथा शिशु मृत्युदर घटाइने उद्देश्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस