भ्रष्टाचार बिरुद्धको अन्र्तराष्ट्रिय दिवशः सल्यानमा हस्ताक्षर संकलन र मैत्रीपूर्ण फुटवल प्रतियोगिता

सल्यान २३, मंसिर ।
भ्रष्टाचार बिरुद्धको अन्र्तराष्ट्रिय दिवश सल्यानमा पनि मनाईएको छ । दिवशको अबशरमा सोमबार खलंगामा सरोकारवालाहरुको हस्ताक्षर संकलन गरिएको छ । सुशासनका लागी हाम्रो प्रतिबद्धता, भ्रष्टाचार गर्दिन्न, भ्रष्टाचार गर्न दिन्न र सहन्न भन्दै जिल्लाका सरोकारवालाहरुको हस्ताक्षर गरेका छन् ।


प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, पत्रकार लगाएतले हस्ताक्षर गरेका छन् । दिवशको अबशरमा लुहापिङ खेल मैदानमा मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना समेत गरिएको छ ।


जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालय, नागरिक समाज र मिडियाकर्मीका बिचमा मैत्रीपूर्ण फुटवल सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस