सल्यान २३, मंसिर ।
पूर्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले भाषाका लयले मानिसलाई नजिक र टाढा बनाउने गरेको बताउनुभएको छ । भाषामा आफ्नै लय, ताल, संगित हुने बताउदैँ उहाँले मानिसले प्रयोग गर्ने भाषाका लयले मानिसलाई कोही संग टाढा र कोही सँग नजिक बनाउने गरेको बताउनुभएको हो ।
भाषा आयोगले सोमबार सल्यान खलंगामा आयोजना गरेको सरकारी कामकाजको भाषा निर्धारणका आधार बिषयक प्रादेशिक भाषा संङगोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । बस्नेतले पछिल्लो समय स्थानिय स्तरमा प्रयोग हुने भाषा हराउदैँ गएको बताउनुभयो । यसका लागी राज्यले सबै भाषा, धर्म र संस्कृतिको समान रुपमा संरक्षण र प्रवर्धन गर्नुपर्ने उहाँको भनाई छ ।
सल्यानबाट निर्बाचित प्रतिनिधिसभा सदस्य समेत रहेका बस्नेतले लोप हुन लागेका भाषाहरुको संरक्षण गर्दै स्थानिय पाठ्यक्रममा समाबेश गर्नुपर्ने बताउनुभयो । अहिले पुराना शब्दहरु नै लोप हुन थालेका छन्, यसले गर्दा हाम्रो भाषा, संस्कृति नै हराएर जानसक्ने सम्भावना छ, यसको संरक्षणका लागी सरकारले बिशेष भूमिका निर्वाह गर्न आबश्यक छ उहाँले भन्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै पूर्वशिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहले पछिल्लो समय स्थानिय स्तरमा प्रयोग हुने भाषा र शब्द हराउदैँ जान थालेकोमा चिन्ता ब्यक्त गर्नुभयो । बैबाहिक सम्बन्ध, सांस्कृतिक सम्बन्ध लगाएतका कारणले भाषा हराउदैँ जान थालेको बताउनुभयो । पुरानो भाषा र शब्दको संरक्षण गर्नका लागी भाषा आयोग र राज्यले बिशेष भूमिका निर्बाह गर्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगाएतकाले बोल्नुभएको थियो । सो अबशरमा भाषा आयोगका अध्यक्ष डा. लवदेव अबस्थीले पछिल्लो समय नेपाली भाषा कमजोर बन्दै गएको बताउनुभयो । उहाँले नेपाली भाषाको जन्म कर्णालीबाट भएकाले कर्णाली बीना नेपाल रहन नसक्ने बताउनुभयो । कार्यक्रममा कर्णालीका ४ जिल्लाका जनप्रतिनिधि लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।