सल्यान २४, मंसिर ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई समापन गरिएको छ । सल्यानको शारदा नगरपालिका वडा नम्बर १४ र १५ ले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई समापन गरेको छ । शारदा नगरपालिका १५ का वडाअध्यक्ष हिमेन्द्र बाबु सेजवालको अध्यक्षतमा शुरु भएको कार्यक्रममा महिला सदस्य चन्द्रावती बुढाथोकी, महिला स्वास्थ्य स्वयमसेबिकाको तर्फबाट मनकुमारी भण्डारी, महिला आमा समुहबाट मिना गिरी, सुआहाराका फिल्ड वर्कर शारदा शाह, सम्पुर्ण विद्यालयको तर्फबाट शुसिला शर्मा लगाएतले बोल्नु भएको थियो ।
सो अबशरमा बोल्दै वडाअध्यक्ष सेजवालले सबै तहको हिंसा अन्त्य गर्न वडाले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । यसका लागी वडा कार्यालयले नगरपालिका सँग समन्वय गरेर बिशेष अभियान सञ्चालन गर्ने सोच बनाएको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य नुमा खत्री, वडासदस्य निम नेपाली, समुन्द्रा कामी तथा सु आहारा सुपरभाईजर हरिकला बिष्ट, स्वास्थ चौकीका अहेव कृष्ण श्रेष्ठ, अनमी पुजा गिरी र निलुमा हमाल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकि डांडागाँउका निमित्त प्रमुख रुपलाल वलीले गर्नुभएको थियो ।