दुर्गा बिसी
सल्यान २४, मंसिर ।
सल्ली रुकुम चौरजहारी सडक खण्ड अन्र्तगत ६ किमी पिचको काम शुरु भएको छ । लामो समय देखी अलपत्र काम अहिले फेरी शुरु भएको हो । करिब १ वर्ष अघि सम्पन्न हुने काम निर्माण ब्यबसायीको लापरवाहीले ढिलाई भएको थियो ।
अहिले यस सडकमा नाली निर्माण, पर्खाल निर्माण लगाएत पिचको काम अगाडी बढेको हो । सडकको काम अगाडी बढेसँगै बर्षातमा हिलो र हिउँदमा धुलोका कारण सास्ती पाएका स्थानियहरु खुसी भएका छन् ।
सल्लीवजार देखि त्रिवेणीवजार नजिकै ६ किमी दुरी सडकको पिचको काम २०७३ श्रावणमा थेगिम गाल्वा निमार्ण कम्पनिका नरहरी थपलिया र डिभिजन कार्यालय दाङ विचमा ३३ महिनामा सम्पन्न गर्ने गरि करिब ९ करोड रुपैँयामा सम्झौता भएको थियो ।
तर थपलीयाले दोस्रो व्यक्ति रामवहादुर विष्टलाई कामको जिम्मा दिएपछि विष्टले काम गरेनन् । त्यसपछि थपलीयाले पुनः तेस्रो व्यक्ति मोहन शाह र प्रमोद श्रेष्ठलाई कामको जिम्मा दिए । अहिले ६ किमी पिचको काम दोस्रो व्यक्तिले नगरे पछि पुनः तेस्रो व्यक्तिलाई दिएको छ ।
ट्रयाक खोलेको लामो समय सम्म पनि सडकको स्तरवृद्धि नहुदाँ स्थानीयलाई आवत जावतमा कठिनाई हुने गरेको छ ।