हिंसा प्रभावितहरुलाइ पुनःस्थापना गर्न चुनौती

सल्यान २५, मंसिर ।
जिल्लाका महिला तथा बालबालिकाको अधिकारका विषयमा मानवअधिकाकर्मी र सुरक्षाकर्मी बिच छलफल कार्यक्रम सल्यानको खलंगामा सम्पन्न भएको छ । जिल्लामा हिंसा प्रभावितहरुलाइ पुनस्थापना गर्न चुनौतीको विषय रहेको सरोकारवालाले बताएका छन । मानवअधिकारकर्मीहरुले राज्यलाइ सहयोग गरि रहेको भन्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले राज्यले गर्नेकाम मानवअधिकारकर्मीले गरि रहेको भन्दै प्रशँसा गर्नुभयो ।


उहाँले हिंसा प्रभावितहरुका लागी काम गर्ने इन्सेक लगायतका अन्य अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरुसंग स्थानीयतहले पनि सहकार्य गरेर अगाडी बढनु पर्ने बताउनु भयो । जिल्लाका हरेक क्षेत्रबाट हिंसामा परेका पीडितहरु सदरमुकाम आउँदा जिल्ला स्थित सुरक्षित आवासगृहमा राखेर सेवा दिने काम प्रशँसनीय रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले इन्सेक र रेस नेपालल लगायत जिल्लामा कृयाशिल मानवअधिकारकर्मीहरुले शान्ती सुरक्षा कायम राख्न मद्दत पुर्याएको बताउनु भयो । उहाँले आगामी दिनमा पनी हिंसा न्युनिकरणमा सहकार्य गरेर अगाडी बढने प्रतिबद्दता व्यक्त गर्नुभयो ।


जिल्ला अनुसन्धान कार्यालयका प्रमुख डिएसपी विनोद दवाडीले संविधानमा उल्लेख भएको मौलिक हकको क्षेत्रमा सहयोग पुयाएको भन्दै धन्यवाद व्यक्त गर्नु भयो ।

इन्सेक सल्यान र रेस नेपाल सल्यानले संयुक्त रुपमा आयोजना गरेको जिल्लाका महिला तथा बालबालिकाको अधिकारका विषयमा सरोकारवालासंग छलफल तथा अन्तरसंवाद कार्यक्रममा मानवअधिकारकर्मी, पत्रकार र सुरक्षा निकायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस