रेडियो राप्ती एफ.एम. सल्यानको १२औँ बार्षिकोत्सव भोली

सल्यान २५, मंसिर ।
सल्यान जिल्ला कै पहिलो सामुदायिक रेडियो राप्ती एफ.एम.ले भोली (बिहीबार) आफ्नो १२ औँ बार्षिकोत्सव मनाउने तयारी गरेको छ । शारदा मिडिया संगमद्धारा सञ्चालित रेडियो राप्ती एफ.एम. ले आफ्नो प्रशारण शुरु गरेको १२ बर्ष पुरा गरि १३ औँ बर्षमा प्रवेश गरेको अबशरमा बार्षिकोत्सव मनाउन लागेको हो ।

२०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले सत्यतथ्य समाचार, सुचना, बिज्ञापन, गितसंगित प्रशारण गर्दै आएको छ । एक सय वाट क्षमता भएको यस रेडियो अहिले दैनिक १७ घण्टा प्रशारण हुदैँ आएको छ । रेडियोको प्रशारण सल्यान सहित दाङ, रोल्पा, रुकुम, प्यूठान, जाजारकोट, सुर्खेत लगाएतका छिमेकी जिल्लाहरुमा सुन्न सकिन्छ । रेडियोको पहुँचमा करिब १५ लाख श्रोता रहेका छन् ।


नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लाको नै पहिलो रेडियो राप्ती एफ.एम.ले आवाज बिहिनको आवाजको रुपमा काम गरिरहेको शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतमले जानकारी दिनुभयो । बार्षिकोत्सवको अबशरमा भोली दिउँसो १ बजे रेडियोको प्रांगणमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय, पत्रकार, स्रोता, बिज्ञापन दाता, साझेदारी संघसंस्था सबैलाई आमन्त्रण गरिएको छ । बार्षिकोत्सवका अबशरमा आयोजित कार्यक्रमको रेडियो राप्ती एफ.एम. १०४.८ मेगाहर्जले प्रत्यक्ष प्रशारण गर्ने छ । साथै बार्षिकोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।

प्रतिक्रिया दिनुहोस