ठहराई केसीहरुको कुलपुजाई सल्यानको खत्रीगाउँमा

सल्यान २५, मंसिर ।
सल्यानको बागचौर नगरपालिका ८ खत्रीगाउँमा ठहराई केसीहरुले आज कुल पुजाई गरेका छन् । प्रत्येक दुई वर्षको अन्तरालमा देशभरका ठहराई केसीहरुले कुल पुज्ने खत्रीगाउँमा सल्यान, रुकुम, रोल्पा, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, कैलाली लगाएतका ठहराई बन्धुहरु आएर पुजापाठ गरेका हुन् ।


यी विभिन्न जिल्लाबाट हजारौं ठहराई केसी र उनका इस्टमित्रहरुको सहभागीता रहेको थियो । आफ्नो कुल र भाई सन्तानको रक्षा गर्दै ठहराई केसीहरुले ३ शताब्दी अघिदेखि कुलपुजा गर्ने गरेको बाह्रे मोस्टा, गादी मोस्टो तथा कुलदेवता मन्दिर खत्रीगाउँका अध्यक्ष जिवराज केसीले बताउनुभयो ।

पुजाको दिन यहाँ आज २ सयभन्दा धेरै बोका र साँडाको बलि दिईएको छ । बिबाह गरेर बाहिर गएका छोरीचेलीहरुले छोराछोरी जन्मिएपछि आफ्नो स्वइच्छाले बोका चढाउने गर्दछन् । यहाँ विषेश भनेको धामीहरुको रौनकता हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस