दुर्गा बिसी,
सल्यान २५, मंसिर ।
सल्यानको पश्चिम क्षेत्रमा रहेको प्रभाकर माद्यामिक बिद्यालय देवस्थलमा श्रीमद्भागवत सप्ताह धनाधान्याञ्चल ज्ञानमहायज्ञ आज देखी शुरु भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले महायज्ञको उद्घाटन गर्नुभएको हो ।
प्राविधिक धार सञ्चालन गर्नका लागि विद्यालयले ज्ञानमहायज्ञ शुरु गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा महायज्ञ सञ्चालन समितीका संयोजक गञ्जमान वुढाले जानकारी दिनुभयो । विद्यालयको सर्वाङ्कीन विकास र प्राविधिक धारलाई महत्व दिनका लागि विद्यालयले महायज्ञ शुरु गरेको हो ।
आज देखी शुरु भएको महायज्ञ पौष ३ गते सम्म सञ्चालन हुने छ । प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुलमन्त्रलाई मध्यनजर गर्दे यस क्षेत्रको प्राविधिक शिक्षाको हव निमार्णका लागि महायज्ञको शुरुवात गरिएको हो ।
संगीतमय श्रीमद्भागवत सप्ताह धनाधान्याञ्चल ज्ञानमहायज्ञमा नेपालका ख्यातीप्राप्त पण्डितद्धय रामचन्द्र तिमिल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमिल्सिना ज्यूको मुखारविन्दुबाट सुमुधर शैलीमा कथावाचन, राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारद्धारा भजन कृतन, झाँक्री तथा नाटक प्रर्दशन भैरहेको छ ।
महायज्ञको उद्घाटन सत्रमा बन्गाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार पुन, उपप्रमुख मञ्जु यरी, वडाअध्यक्ष शान्त कुमार यरी, पुरुषोत्तम आचार्य, नेकपा नगर कमिटी अध्यक्ष कीर्तिवहादुर राना, नेपाली काँग्रेसका भुपाल साहु लगाएतका व्यक्तिहरुले बोल्नुभएको थियो ।