सल्यान २५, मंसिर ।
सल्यानमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्बर ४ सिमलकुनाका १६ बर्षिय बिष्णु डाँगी मृत अवस्थामा फेला परेका हुन् । बुधबार बिहान घर नजिकैको गोरेटो बाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएका छन् ।
मंगलबार बिहानको खाना खाएर घरबाट निस्केका डाँगी आज बिहानसम्म घर नफर्किए पछि खोजतलास गर्दा बुवा प्रेम बहादुर डाँगीले आज बिहान करिब साढेँ नौँ बजेतीर बाटोमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यलय लुहामबाट प्रहरीको टोली पुगेर घटनाको बारेमा अनुसन्धान गरिरहेको सल्यान प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
शवलाई पोष्टमार्टमको लागी आज नै सल्यान अस्पतालमा ल्याउने तयारी भैरहेको छ ।