सल्यान २६, मंसिर ।
सल्यानमा मानव अधिकार उलंघनका घटनामा बृद्धि भएको छ । बिगतका बर्षहरुको तुलनामा यस बर्ष जिल्लामा मानव अधिकार उलंघनका घटनामा बृद्धि भएको अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) सल्यानले जनाएको छ । नेपाल मानव अधिकार बर्ष पुस्तक २०२० का लागी संकलन गरिएका घटनाहरुको बार्षिक पूर्वसमिक्षा कार्यक्रममा यस्तो तथ्यांक सार्बजनिक भएको हो ।
बुधबार जिल्लाको सदरमुकाम खलंगामा सो तथ्यांक सार्बजनिक गर्दै ईन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले बिगतका बर्षहरुमा भन्दा यस बर्ष मानव अधिकार उलंघनका घटनामा बृद्धि भएको जानकारी दिनुभयो । उहाँका अनुसार २०१९ को जनवरी देखी डिसेम्बर सम्म ७६ वटा घटनाहरु अभिलेखिकरण गरिएको छ ।
बुढाथोकीले जिल्लामा क्रियाशिल बिभिन्न निकायहरुले सचेतनाका अभियान सञ्चालन गरेका कारण यस्ता घटनामा कमी आएको बताउनुभयो । अहिले समाजमा जुनसुकैँ घटना घटेपनि प्रहरी प्रशासन सम्म आउने र प्रहरी प्रशासन, स्थानिय तह र सरोकारवालाहरुको पहलमा बाहिर आउने गरेको बताउदैँ उहाँले सोही कारणले जिल्लामा बिगतको तुलनामा मानवअधिकार उलंघनका घटनाहरुमा बृद्धि भएको बताउनुभयो ।
ईन्सेक सल्यानका अनुसार नागरिक तथा राजनीतिक अधिकार, सम्मानित रुपले बाँच्न पाउने अधिकार अन्तरगत हत्याका घटना २, शान्ती सुरक्षा विरोधी गतिविधिमा संलग्न अन्तरगत गिरफतारका घटना १०, बालअधिकार घटना अन्तरगत हत्या, विद्यालयमा कुटपिट, बलात्कार÷यौन दुव्र्यवहार र बालविवाहका १५ वटा घटना घटेका छन् ।
यस्तै महिला विरूद्ध हुने सबै प्रकारका हिंसा र दुव्र्यवहार बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका घटना १२, बहुविवाह घटना १८, वेचविखन घटना १, आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार, आगजनी÷सम्पत्तिक्षति अन्य पक्षबाट घटना ३, सबै प्रकारका जातीय विभेद घटना २,शिक्षाको अधिकारका २ वटा घटना अभिलेखिकरण गरिएको छ ।
शारदा नगरपालिकाका उपप्रमुख सावित्रा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बौल्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले मानवअधिकारको विषयलाइ हेर्ने आँखा फरक हुने भएकाले मानवअधिकारलाइ हेर्ने दृष्टिकोण पनि फरक फरक हुने गरेको बताउनुभयो । इन्सेकले मौलिक हकका सम्बनधमा राज्यलाइ घच्घच्याउने काम गरि रहेको काम प्रशंसनीय रहेको बताउँदै वर्ष पुस्तकमा समावेश हुने घटनाले मानवअधिकारको अवस्थाको चित्रण गर्न सहज भइ रहेको बताउनु भयो ।
यस्तै मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका नागरिक समाजका अगुवा ज्ञानेश्वर केसीले जिल्लामा बालश्रमको विषयमा पनि सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताउनु भयो । जिल्लामा बालबालिकाहरु बढि जोखिममा रहेको बताउँदै उहाँले बालविवाह र बालश्रमलाइ न्युनिकरण गर्द अभियान नै संचालन गर्नुपर्ने बताउनु भयो ।
यस्तै महिला मानवअधिकार रक्षक सञ्जाल सल्यानका अध्यक्ष सोविता बस्नेतले मानअधिकार वर्ष पुस्तकमा सम्बन्ध विच्छेदका घटनाहरु पनि समावेश गर्नुपर्ने बताउनु भयो । कार्यक्रमको संचालन इन्सेकको इपीएल परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीले गर्नु भएको थियो ।