सल्यानमा फोर्स गाडी दुर्घटना हुदाँ २ जना घाईते

सल्यान २६, मंसिर ।
सल्यानमा गाडी दुर्घटना हुदाँ २ जना घाईते भएका छन् । रुकुमबाट नेपालगञ्ज जादैँ गरेको बा ५ ख ४३६१ नम्बरको फोर्स गाडी सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ७ शंखुमलमा दुर्घटना हुदाँ २ जना सामान्य घाईते भएका हुन् ।

आज (बिहिबार) बिहान भएको दुर्घटनामा परेर दैलेखको दुल्लु नगरपालिका वडा नम्बर २ बस्ने ६१ बर्षिया लक्ष्मी थापा र बाँके कोहलपुर नगरपालिका २ बस्ने ३५ बर्षिया लक्ष्मी वली घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाईते दुवै जनाको श्रीनगरमा रहेको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

फाईल फोटो

बिपरित दिशाबाट आउदैँ गरेको गाडीसँग क्रस गर्ने क्रममा गाडी दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । गाडी सडकमा नै पल्टिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित