सल्यान २६, मंसिर ।
सल्यान जिल्ला कै पहिलो सामुदायिक रेडियो राप्ती एफ.एम.ले आफ्नो १२औँ बार्षिकोत्सव मनाएको छ । २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले १२ औँ बर्ष पुरा गरेर १३ औँ बर्षमा प्रवेश गरेको अबशरमा आज बिहीबार बिबिध कार्यक्रम गरेर मनाएको हो ।
बार्षिकोत्सवको अबशरमा रेडियो प्रांगणमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले रेडियोको पहुँचबाट टाढा कोही पनि हुन नसक्ने बताउनुभयो । बिभिन्न अन्लाई, पत्रपत्रिका तथा सामाजिक सञ्जालको प्रयोग गर्नेहरुको संख्या बढ्दै गएको सन्दर्भमा जनतालाई छिटो, छरितो सुचना उपलब्ध गराउने भरपर्दो माध्यम रेडियो भएको उहाँले बताउनुभएको हो ।
प्रतिनिधिसभा सदस्य समेत रहेका बस्नेतले रेडियो देखी टाढा कोही पनि नभएको बताउनुभयो । ‘कुनाकन्दरामा लुकेर रहेका आवाज बिहिनका आवाज बोल्ने भनेकै रेडियो हो, जिल्लामा रेडियोले खेलेको भूमिका महत्वपूर्ण छ’ उहाँले भन्नुभयो ‘अबका दिनमा पनि सयमको माग र आवाज बिहिनको आवाजको रुपमा काम गर्नुपर्छ ।’ उहाँले रेडियोको क्षमता अभिबृद्धि सँगै धेरै भन्दा धेरै स्रोताका आवाजहरु कसरी समेट्न सकिन्छ, यस बिषयमा सोच्न पनि आग्रह गर्नुभयो ।
शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले जुनसुकै समयमा पनि, जहाँ भएपनि सुन्न सकिने र सुचना लिने भरपर्दो माध्यम रेडियो भएको बताउनुभयो । उहाँले सञ्चारका अन्य साधनहरुको पहुँच सबै नागरिक कहाँ पुग्न नसक्ने भएकाले रेडियो नै उपयुक्त साधन भएको बताउनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले सत्यतथ्यमा आधारित रहेर मिडियाले सुचना समाचार सम्प्रेशन गर्ने भएकाले सरकार सधैँ मिडियाको पक्षमा रहेको बताउनुभयो । उहाँले मिडिया नविकरण, राजस्व बुझाउने जस्ता कार्यहरु तोकिएको समयमा गर्नुपर्ने बताउदैँ कानुनको पालना गर्दै नागरिकलाई सुसुचित गर्ने काम गर्न सुझाव दिनुभयो ।
यस्तै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटी सदस्य राजेश बिकले जिल्लामा एफ.एम. रेडियोको महत्व अपार रहेकाले जनताको साथी बनेर काम गर्न सुझाव दिनुभयो । सबैको मनमा रेडियो राप्तीको नाम झुण्डिएको बताउदैँ उहाँले जनताका आबश्यकता र मुद्धालाई लिएर अगाडी बढ्न सुझाव दिनुभयो ।
यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति गणेश चन्दले लोकतन्त्रको रक्षाको लागी सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले देशमा भएका बिभिन्न आन्दोलनलाई सफल पार्न र समृद्ध समाज निर्माणका लागी रेडियोको भूमिका महत्वपूर्ण हुने भएकाले सोही अनुसार काम गर्न सुझाव दिनुभयो ।
यस्तै जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले रेडियोले मनोरञ्जन सँगै ज्ञानबद्र्धक र सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्माले पछिल्लो समय जिल्लामा पत्रकारिता क्षेत्रले फड्को मार्दै गएको बताउदैँ नागरिकलाई सुसुचित गराउन रेडियोको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
यस्तै रेडियो तहल्काका स्टेशन मेनेजर डिल्लीराज रावतले बिगतको समयमा जिल्लामा रेडियो स्थापना गर्दा धेरै चुनौतीहरुको सामना गर्नुपरेको बताउनुभयो । यस्तै उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बिर बहादुर चलाउनेले जिल्लामा क्रियाशिल सामुदायिक रेडियोहरुमा बिज्ञापनमा एकरुपता हुन आबश्यक रहेको बताउनुभयो ।
यस्तै नेपाल बार एशोसियसन सल्यानका अध्यक्ष लाल बहादुर रावतले सामुदायिक रेडियो सामाजिक कार्यमा अग्रसर बन्नुपर्ने बताउनुभयो । यस्तै महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष सोबिता बस्नेतले नागरिकलाई सुसुचित गराउने कार्यमा रेडियोले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
संस्थाका सचिब निम बहादुर नेपालीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश कुमार वलीले गर्नुभएको थियो । रेडियोले समाचारमुलक, चेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दैे आइरहेको छ ।