सल्यान २८, मंसिर ।
सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यू भएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ निवासी ५३ बर्षिय तेज बहादुर पुनलको भिरबाट लडेर मृत्यू भएको हो । गोवन कटेराबाट आफन्तको विवाहमा पुगेर घर फर्केने क्रममा भलार्खको जंगलको भिरबाट लडेर मृत्यु भएको हो ।
फाईल फोटो
पानी परेकोले चिप्लिएर लडेको हुन सक्ने आफन्तले बताएका छन् । उनको शव २ सय मिटर तल भिरमा भेटिएको थियो ।