बुद्धि पुन
सल्यान २८, मंसिर ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले चुनौतिको सामना गर्न नसक्नेले पत्रकारिता गर्न नसक्ने बताउनु भएको छ । पत्रकारिता पेशामा अबशर र चुनौती दुबै हुने भएकाले चुनौतीको सामना गर्न नसक्नेले पत्रकारिता गर्न नसक्ने बताउनु भएको हो ।
दुर्गम जिल्लामा कार्यरत पत्रकारहरुको क्षमता अभिबृद्धि सम्बन्धि तालिमको शनिबार सल्यान खलंगामा उद्घाटन गर्दै मन्त्री ज्वालाले यस्तो बताउनु भएको हो । उहाँले राजनीति र अबशरको लागि नभएर समाज सेवाको भावले व्यावसायिक पत्रकारितामा लाग्न पत्रकारहरुलाई सुझाव दिनुभयो ।
‘पत्रकारिता पेशा समाजलाई मार्ग दर्शन गर्ने पेशा हो, यसमा अबशर र चुनौती दुबै छन, चुनौतिको सामना गरेर अगाडी बढ्न सके थुपै अबशरहरु देखा पर्छन’— उहाँले भन्नुभयो । मन्त्री ज्वालाले परिबर्तन गर्ने जोस भएका र चुनौतिको सामना गर्ने हिम्मत भएकाहरुलाई नै पत्रकारिता पेशामा लाग्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो ‘यो क्षेत्र सम्भावनाको खानी भएको क्षेत्र हो, परिश्रम गर्नु पर्छ ।’
यस्तै कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले आवाज बिहिनको आवाजको रुपमा पत्रकारले काम गर्नु पर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा रहेका विभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरुको सहभागीता रहेको छ ।
पत्रकार पुरुषोत्तम गिरीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको संचालन पत्रकार महासंघ सल्यानका सहसचिव शिव डाँगीले गर्नु भएको थियो । संचार तथा सुचना प्रबिधी मन्त्रालय, सूचना तथा प्रशारण बिभागको आयोजना र नेपाल पत्रकार महासंघ सल्यानको स्थानीय ब्यबस्थापनमा तालिमको आयोजना गरिएको हो ।